शाओमीले नेपालमा २०२२ मा के के ल्याउँदैछ ?


काठमाडौं । चिनीयाँ कम्पनी शाओमीले सन् २०२२ मा स्मार्टफोनहरूका साथै विभिन्न विधाका नयाँ उत्पादनहरू ल्याउने भएको छ । शाओमीले वाच एस१ एक्टिभ ल्याउने भएको छ । एस १ एक्टिभमा ११७ स्पोर्ट मोडहरू छन् जस मध्ये १९ ओटा व्यावसायिक रहेको कम्पनीले जनाएको छ । यस वाचमा मुटुको धडकनको गति र रगतमा भएको अक्सिजनको मात्रा जाच्न सेन्सर प्याकको साथ बाहिरी गतिविधि ट्रयाकिङका लागि डुअल ब्यान्ड पोजिसनिङ रहेको छ । पानी प्रतिरोधी भएको यस वाचमा माइक्रोफोन र स्पिकरले घडीबाटै कलहरू उठाउन सकिन्छ । यसको मूल्य २२ हजार ९९९ रुपैँया रहेको कम्पनीले जनाएको छ ।

शाओमीले रेडमी ब्यान्ड प्रो पनि ल्याउने भएको छ । आयताकार मोड्युलमा १.४७ इन्चको एमोलेड टच डिस्प्ले भएको यो स्मार्ट ब्यान्ड प्रो मा १९४ ह ३६८ –पिक्सेल रिजोल्युसन, १००% एनटीएससी कलर स्पेस र ४५० निट्स ब्राइटनेस भएको ८–बिटको स्क्रिन रहेको कम्पनीले उल्लेख गरेको छ ।

स्मार्ट ब्यान्ड प्रोको स्वास्थ्य सुविधाहरूमा दौड, सैक्लिंग, हिड्ने, योगा, पौडी लगायत अन्य गतिविधिहरुका लागि ११०+ स्पोर्ट मोडहरू समावेश छन् । २४ घन्टा मुटुको गति ट्र्याकिङका लागि यो ब्यान्डमा पिपिजी हार्ट–रेट सेन्सर जडान गरिएको छ । रेडमी स्मार्ट ब्यान्ड प्रो लाई मी फिट एप मार्फत स्मार्टफोनसँग कनेक्ट गर्न सकिने र त्यसले एप सूचनाहरू, फोन कलहरू र थप जानकारीहरू ब्यान्डमै पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको मूल्य ६ हजार १९९ रुपैँया तोकिएको छ ।

गाडीमा हावा भर्नको लागि एयर कम्प्रेसर पनि ल्याउने भएको छ । शाओमी मी पोर्टेबल एयर पम्पको साथ, बिना कुनै समस्या आफ्नो टायरलाई उचित प्रेसरको साथ हावा भर्न सकिने कम्पनीले जनाएको छ । यसको मूल्य ५ हजार ९९९ रुपैँया तोकेको कम्पनीले जनाएको छ ।

घरमा भएको प्रदुषित हावा शुद्ध गर्नको लागि एयर प्युरिफायर पनि ल्याएको छ । मी एयर प्युरिफायर ३ ले सजिलै घरको प्रदूषित हावा हटाएर सफा हावा भरिदिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यसको मूल्य २० हजार ९९९ रुपैँया तोकिएको छ । शाओमीले इलेक्ट्रिक टूथब्रश टि१०० ल्याउने भएको छ । शक्तिशाली सोनिक मोटर भएको यो टूथब्रश प्रति मिनेट ३१ हजार भन्दा बढी कम्पन पैदा गर्ने जनाएको छ । कम्पनीले यसको मूल्य १ हजार ६९९ रुपैँया तोकेको छ ।