चीन पूर्वी क्षेत्रको व्यापार प्रतिनिधिमा आर. के. खड्का नियुक्त


काठमाडौँ । नेपाल चेम्बर अफ कर्मशले चीनमा ब्यवसाय गर्दै आइराखेका राज कुमार खड्कालाई व्यापार प्रतिनिधिको रुपमा नियुक्त गरेको छ । चीनको पूर्वी प्रान्तहरूका लागि चेम्बरले व्यापार प्रतिनिधिको रुपमा खड्कालाई नियुक्त गरेको हो ।

खड्कालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले प्रमणपत्र प्रदान गरेका हुन् । खड्का एमजिएम कम्पनीको निर्देशक रहेका छन् । उक्त कम्पनीलेृ क्याजुयल, अफिसियल तथा स्पोर्टस सम्बन्धी लत्ताकपडाको उत्पादन र बिक्री वितरण गदैए आएको छ । उनी गैर आवासीय नेपाली संघ चीनका सल्लहकार पनि हुन् ।

खड्काले चीनमा रहेका बिभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरू विदेशी सम्बन्धी विवादका लागि जन मध्यस्थता समिति, यिवू सिटी इन्टरनेशनल ट्रेड सिटी जस्टिस अफिस, यिवू म्युनिसिपल ब्यूरो अफ जस्टिस, विदेशी व्यापारीको मित्रता गठबन्धन, सुन्दर यिवु शहर पदोन्नति संघ निर्माण तथा अन्तर्राष्ट्रिय स्वयंसेवक क्लब जस्ता बिभिन्न संस्थाहरूमा मध्यस्ततम तथा स्वयंसेवकका रुपमा कार्य गर्दै आएका छन् ।

खड्काले भने,”चिनीयाँ राष्ट्रपति सी जींग फिंग संसारभरबाट चीनमा सामान आयात होस् भनी स्वयं लागि पर्नुभएको छ । यस मौकालाई हामीले चुकाउनु हुन्न । चीनसंग रहेको बिध्यमान ब्यापार असुन्तलन घटाउने उपाय मध्ये यो पनि एक हो । तर चाइनालाई सामान बेच्नका लागि ब्राण्डीङ अनि गुणस्तरीय पनि हुनु जरूरी छ । तत् सम्बन्धमा कार्य गर्न म आफू निरन्तर लागिरहने छु । मैले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल नाट्टा सँग सहकार्य गर्दै चीनमा रहेका ठूलाठूला व्यापारिक घराना र ठूला कम्पनीका प्रमुख कायर्कारी अधिकृतहरूलाई नेपाल बारे उन्नत पर्यटकहरूमा पनि प्रचार प्रसार गर्ने लक्ष्य लिएको छु ।”

चीनको पूर्वी प्रान्त हुवा डोङ क्यू (इस्ट चाइना एरिया) अन्तर्गत सांघा ,झझियाङ,जियाङसु, अनहुइ,सानडङ,जियाङछि पर्दछन् । यी क्षेत्रहरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय व्यापारिक केन्द्रमध्ये प्रमुख व्यापारिक क्षेत्र हुन् ।