ठुला कर्जा उपभोग गर्दै गरेका ऋणीहरुको पहिचान गरिने


काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गरिने भएको छ ।

मौद्रिक नीति २०७९८० सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गरिने र लार्ज एक्पोजर प्रेम वर्क तयार गरिने जानकारी दिए । उनले भने,“ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाइनेछ ।”

विद्यमान एकल ग्राहक कर्जासम्बन्धी सीमालाई पुनरावलोकन गरिने मौद्रिक नीतिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाको कर्जा सिमित व्यक्तिको हातमा मात्रै गएको भन्दै आलोचना भइरहेका बेला मौद्रिक नीतिमा नै ठूला ऋणिको पहिचान गर्ने उल्लेख भएको छ ।