आयात प्रतिस्थापन र डलर बचत गर्ने क्षेत्रमा लगानी बढाउनुहाेस्ः प्रधानमन्त्री देउवा


काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आयात प्रतिस्थापन र डलर बचत गर्ने क्षेत्रमा लगानी गर्न आव्हान गरेका छन् ।

नेपाल उद्योग परिसंघको १९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवजाले विलासी र महङ्गा वस्तु आयात भन्दा स्वदेशमै उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सहयो गर्न आग्रह गरेका छन् ।

देउवाले प्रत्यक्ष वैदेशिक लगानी बढाउन, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने उत्पादन बढाउन सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।