एक हप्तामा ६३ अर्ब रुपैँया निक्षेप घट्यो


काठमाडौं । नयाँ आर्थिक वर्ष लागेको एक हप्तामा वाणिज्य बैंकबाट ६३ अर्ब रुपैँया निक्षेप घटेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार मसान्तमा ४५ खर्ब ४१ अर्ब रुपैँया रहेको निक्षेप साउन लगेपछि ४४ खर्ब ७८ अर्ब रुपैँया रहेको छ ।

बैंकहरुको कर्जा प्रवाह पनि १० अर्ब रुपैँयाले घटेको नेपाल बैंकर्स संघले जनाएको छ । नेपाल बैंकर्स संघका अनुसार ४१ खर्ब ६५ अबै रुपैँया बैंकहरुले कर्जा प्रवाह गरेका छन् । बैंकहरुको कर्जा निक्षेप अनुपात भने ८७.४४ प्रतिशत रहेको छ ।