भदौ ७ गतेदेखि सुरु हुने भनिएको नाडा अटो शो स्थगित


काठमाडौं । भदौ ७ गतेदेखि सुरु हुने भनिएकाे नाडा अटो शो स्थगित भएको छ । नाडाको आज बसेको कार्यसमिति बैठकले नाडा शाे स्थगित गर्ने निर्णय गरेकाे नाडाका अध्यक्ष धुव्र थापाले जानकारी दिए ।

२०७९ वैशाख १६ गते आयात कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै असार मसान्तसम्म विभिन्र सामाग्राीको आयातमा रोक लगाएको थियो । विदेशी मुद्रा सञ्चिती घट्दै गएको भन्दै विलासी वस्तुसहित गाडी आयातमा सरकारले प्रतिबन्ध लगाएको हो ।

तर विदेशी मुद्रा सञ्चितिमा सुधार नआएपछि असार ३१ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि बन्देज लगाइएका वस्तुमा झनै कडाइ गर्दै त्यसलाई आगामी भदौ १४ सम्म निरन्तरता दिने निर्णय गरेको थियाे । जसकारण नाडा अटो शो स्थगित गर्नु परेकाे अध्यक्ष थापाकाे भनाइ छ ।

नाडा अध्यक्ष थापाका अनुसार सरकारले प्रतिबन्ध गरेका कार, जीप, भ्यान र २५० सीसीभन्दा बढीका सवारी साधनको फुकुवा हुने कुनै टुङ्गो नभएपछि अटो शो स्थगति भएको बताएका छन् । उनले भने, “आयातमा प्रतिबन्धले अटो शोमा खासै असर पर्दैन । गाडी निर्माता कम्पनीबाट धरौटीमा वा भन्सार शुल्कपछि भुक्तानी गर्ने सर्तमा गाडी ल्याउन सकिन्छ तर प्रतिबन्ध थपिदैँ गयो भने धरौटीमा ल्याउन समस्या हुन्छ । ’’

कोभिड पछि हुन लागेको अटो शो अब कहिले हुन्छ भन्रे विषयमा नाडा अन्योलमा रहेको छ ।