अर्थमन्त्रीमा पुनः शर्मा


काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा पुन : नियुक्त भएका छन् । पदबाट राजीनामा दिएको २५ औं दिनमा शर्मा पुन : अर्थमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बजेट निर्माणका क्रममा जेठ १४ गते राती अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गराएको आरोप लागेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्मामाथि छानबिन गर्न संसदीय गठन भएको थियो ।

संसदीय समितिले अनधिकृत व्यक्ति मन्त्रालयमा प्रवेश गरेको नदेखिएको प्रतिबेदन दिएपछि शर्मालाई फेरि माओवादी केन्द्रले अर्थ मन्त्रालयमा पठाएको हो ।