नेप्से परिसुचक ४.२९ अंकले घट्यो


काठमाडौं । साताको दोस्रो दिनकाे कारोबारमा नेप्से परिसूचक ओरालो लागेको छ। आज सोमबार नेप्से ४.२९ अंक घटेर १९७३.०१ विन्दुमा झरेर बन्द भएको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.८२ अंक, फ्लोट इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ।

सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आईतबार १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज सोमबार २२४ स्टकको २१ हजार ४७१ पटकको कारोबारमा ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ४४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ७.४३ प्रतिशत बढेको छ भने आशा लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा आज रिडी पावर शीर्ष स्थानमा रहेको छ।

१३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.०४ प्रतिशत र लघुवित्त उपसमूहको ०.०६ प्रतिशत बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक आज सर्वाधिक १.०४ प्रतिशत घटेको छ। म्युचुअल फण्डको ०.९२ प्रतिशत, वित्तको ०.५९ प्रतिशत र लगानीको ०.५० प्रतिशत घटेको छ।