सगरमाथा र माइखोला हाइड्रोले आइपीओ निष्काशन गर्न सेबोनमा दिए निवेदन


काठमाडौं । साधारण सेयर आइपीओ निष्काशन गर्न दुई कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सगरमाथा हाइड्रोपावर कम्पनी लिमिटेड र माईखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न आवेदन दिएको बोर्डले जनाएको छ ।

सगरमाथा हाइड्रोले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५४ लाख ८८ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न सेबोनमा निवेदन दिएको छ । कम्पनीको उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

त्यस्तै माईखोला हाइड्रोले पनि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख २१ हजार ५ सय ६८ कित्ता कित्ता साधारण सेयर आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति माग्दै निवेदन पेश गरेको छ । कम्पनीको उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।