बैंक तथा वितीय संस्थाले चर्को व्याजदर लगाएको भन्दै कपिलवस्तुमा विरोध प्रर्दशन


रुपन्देही । कपिलवस्तु चन्द्रौटा उद्योग वाणिज्य संघले बैंक तथा वितीय संस्थाले चर्को व्याजदर लगाएको भन्दै विरोध प्रर्दशन गरेका छन् ।

बैंक तथा वित्तीय संस्था व्याजदर चर्को गरी बृद्धी गर्दा व्यवसायीहरू धरासयी बनेको भन्दै संघ विरोध प्रर्दशनमा उत्रिएको हो ।

व्यसायीहरूले बैंकको ब्याज एक अंकमा हुनुपर्ने, बेस रेटमा २ प्रतिशत मात्र प्रिमीयम थपेर कर्जा प्रवाह गर्नुपर्ने , छिटै विशेष आर्थिक नीति ल्याई राष्ट्रको अर्थतन्त्र चलायमान गर्नुपर्ने लगायतका माग राखेका छन् ।

चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पाण्डे चन्द्रौटा बजारमा प्रर्दशन गरेपछि शिवराज नगरपालिका र ईलाका प्रशासनमा ज्ञापन पत्र समेत बुझाएको जानकारी दिए । बैंकहरूले प्रिमियम र सेवा शुल्क बढी लिएमा संघको कार्यालयमा जानकारी गराउन समेत पाण्डेले आग्रह गरे ।

आफ्ना मागप्रति सरकार र बैंकहरू गम्भीर नभए थप आन्दोलनका कार्यक्रम गर्ने संघले चेतावनी समेत दिएको छ । बिरोध प्रर्दशनमा वाणगंगा यातायात व्यवसायी समिति र व्युटी तथा कस्मेटिक व्यवसायी संघले समेत एैक्यवद्धता जनाएको अध्यक्ष पाण्डेले जानकारी दिए ।