अरुण भ्याली हाइड्रोद्धारा लाभांश घोषणा


काठमाडौं । अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको आर्थिक मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको आज मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद गरी कुल ८.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।