नेको इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीाई १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको हिजो मंसिर १८ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिबाट स्विकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।