फिट रहन ‘फिटनेस क्लब


सञ्जीव श्रेष्ठ, प्रशिक्षक
हाइ स्प्रिट वेलनेस एण्ड रिडिफाइन्ड

जिम भन्ने बित्तिकै एकैपटक तौल उठाउने होइन । यसमा वार्म अफ, स्ट्रेचिङदेखि लिएर, शारीरिक अभ्यासको कार्यदेखि लिएर बल्ल ‘स्ट्रेन्थ’मा आउँछ । यी सबै सकेपछि तौल उचाल्ने अभ्यास गर्नुपर्छ ।

व्यायम शरीरको बनावटअनुसार हुन्छ । उमेरअनुसार हुन्छ । शारीरिक व्यायाम गर्नुभन्दा अगाडि स्वास्थ्य समस्या छ कि छैन ? बुझ्न आवश्यक हुन्छ । त्यस्तै तौल, शरीरको मोटाइ, सबै जाँच गरेर एउटा उपयुक्त कार्यतालिका बनाउनुपर्ने हुन्छ।

पहिलो चरणमा सामान्य अभ्यास गर्नुपर्ने हुन्छ किनभने शरीर दुख्ने, मांसपेशी तन्केर दुख्ने समस्या आउन सक्छ । व्यायाम नगर्दा सबै मांसपेशी कडा हुन्छ । अभ्यास गर्दै जाँदा मांसपेशी तन्किन थाल्छ र दुख्ने वा अन्य समस्या आफै समाधान हुँदै जान्छ । सहज हुँदै जाँदा अभ्यास बढाउँदै जानुपर्छ । 

प्रारम्भिक चरणबाट अभ्यास सुरु गर्नुभन्दा अगाडि शरीरलाई १५/२० मिनेट ‘वार्म अप’ गर्नुपर्ने हुन्छ । यसमा साइकिलिङ्, रनिङ वा अन्य सरल कार्डिक एक्टिभिटी हुनसक्छ । त्यसपछि समग्र शरीरलाई नै स्ट्रेचिङ गर्न अनिवार्य हुन्छ । यसले शरीरलाई लचकदार बनाउँछ । मांसपेशी खोल्छ, खुम्चिएको नाशाहरू कम गराउँछ । त्यसपछि बल्ल ‘हाइ कार्डियो’मा   जानुपर्छ ।

विस्तारै दैनिकी परिवर्तन गर्नुपर्छ । खानपिन र पानीको विषयमा पनि उत्तिकै ध्यान पुर्याउनुपर्छ । सुरुमा गर्ने भनेको सामान्य अभ्यास नै हो । शरीरका विभिन्न भागमा दुखाइ छ भने त्यसैअनुसार अभ्यास गराउनुपर्छ । सबै सामान्य छ भने तौलअनुसार शारीरिक अभ्यास गराउँछ । 

जिम भन्ने बित्तिकै एकैपटक तौल उठाउने होइन । यसमा वार्म अफ, स्ट्रेचिङदेखि लिएर, शारीरिक अभ्यासको कार्यदेखि लिएर बल्ल ‘स्ट्रेन्थ’मा आउँछ । यी सबै सकेपछि तौल उचाल्ने अभ्यास गर्नुपर्छ । मान्छे जिखानामा पुग्ने बित्तिकै मेसिन चलाउने, तौल उचाल्ने भन्ने हुँदैन । त्यो गलत बुझाइ हो । यसले शरीरलाई हानि पुर्याउन सक्छ । 

व्यायाम शरीरको बनावटअनुसार हुन्छ । पहिलो एक हप्ता भनेको एकदमै सामान्य अभ्यास गर्ने हो किन भने शरीर दुख्छ । मांसपेशीहरू खुम्चिरहने हुन्छ । अभ्यास गर्दा मांसपेशी तन्किने, दुख्ने हुन्छ । अभ्यास गर्दै गएपछि शरीर दुख्दैन । त्यसपछि अभ्यास बढाउने हो ।

शरीरलाई उत्कृष्ट बनाउन छ भने त्यसलाई कसरी लिने त ? कुन भाग कमजोर छ ? त्यसैअनुसार अभ्यास गराएर लैजानुपर्छ । मानौं कतिपयको पेटमात्रै हुन्छ अरु केही हुँदैन । त्यसैअनुसार तालिम गराउने हो । 

जो व्यस्त हुनुहुन्छ, कामका कारण तनावमा हुन्छ त्यस्ता व्यक्तिलाई शारीरिक अभ्यास एकदमै जरुरी हुन्छ । उहाँहरूले ‘वेट ट्रेनिङ जिम’ गर्नुपर्छ भन्ने छैन । यो भनेको डम्बेल उठाउने, मेसिनबाट तौल उठाउने हो र यो मांसपेशीका लागि हो । 

सामान्य अभ्यास गर्ने भनेको कार्डियो र स्ट्रेचिङ हो । यसले माइण्डलाई रिलिफ गर्छ । तनावबाट एकदम मुक्त गराउँछ । वेट ट्रेनिङ भनेको त अब डम्बेल उचाल्ने, मेसिन उचाल्ने भनेको त त्यसपछिको कुरा हो । त्यो मांसपेशीका लागि हो । तनाव कम गर्न त बढीमा ४५ मिनेट समय निकाल्न सकियो भने स्वास्थ्यका लागि धेरै राम्रो हुन्छ । 

व्यायामका लागि समय आफूले छनोट गर्ने हो । बिहान सजिलो हुन्छ भने बिहान गर्नुस्, दिउँसो भए दिउँसो र बेलुकी भए बेलुकी । यदि दिनभरि काम गर्नुहुन्छ भने त बिहान व्यायाम गरेको राम्रो । यसले फ्रेस गराउँछ । बेलुकी थकाइ लाग्छ । गह्ररूँगाे तौल उचाल्नेलाई बेलुकी राम्रो हुन्छ । बिहानदेखि खाइरहेको हुन्छ । डाइट पुगेको हुन्छ । 

(टक्सार म्यागजिन, २०७९ भदौ, पृष्ठ ४७)