लुम्बिनी प्रदेशका मन्त्रालय देउखुरी सर्न सुरु, कृषि मन्त्रालय पनि सारियाे


काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्रालयहरू देउखुरी सर्न सुरु गरेका छन् ।

लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ,कृषि तथा भूमि व्यवस्था मन्त्रालयले कार्यालय स्थापना गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सरेसँगै कृषि मन्त्रालयले पनि कार्यालय स्थापना गरेको हो ।

मन्त्रालयले अहिले राप्ती गाउँपालिकाका वडा नम्बर २ काे वडा कार्यालयमा कार्यालय स्थापना गरेको छ । मन्त्रालय भवन निर्माणाधिन रहेकाले अहिले प्रशासिन काम वडा नम्बर २ काे कार्यालयबाट सञ्चालन हुने र वडा कार्यालय अन्यत्र व्यवस्थापन गर्ने निर्णय भएको छ ।

मन्त्रालय सर्दा पहिलो जुन आउँछ उसैलाई व्यवस्थापन गर्ने गरि व्यवस्थापन भइरहेको राप्ती गाउँपालिकाले जनाएको छ । ६ वटा मन्त्रालय र संसद भवन एकै परिसरभित्र स्थापना हुने छन् ।

साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद भवन, मुख्यमन्त्री कार्यालय सहित ६ वटा र बाँकी परिसर बाहिर रहने छन् ।

राजधानी कार्यान्वयन प्रक्रिया अगाडि बढेको र मन्त्रालय व्यवस्थापनको काम धमाधम भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए ।