कृति भेन्चर फण्डले आइपीओ जारी गर्न विषेश सभा बोलायो


काठमाडौं । कृति भेन्चर फन्ड लिमिटेडले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । कम्पनीले आइपीओ जारी गर्न यहि माग २२ गते विषेश साधारण सभा बोलाएको छ ।

माघ ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले प्रिमियममा आइपीओ जारी गर्ने प्रस्तावसहित विषेश सभा गर्ने निर्णय गरेको हो । सभा माछापुच्छ्रे क्यापिटल लिमिटेड, काठमाडौंमा दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

सभामा प्रिमियम मूल्यमा सेयर जारी गर्ने प्रमुख एजेण्डा पारित गरिने छ। विशेष साधारणसभाबाट सो प्रस्ताव अनुमोदन भएपछि कम्पनीले आइपीओको बाँकी प्रक्रिया अघि बढाउने छ।

यो कम्पनी एक वैकल्पिक लगानी फर्म हो । यस कृति भेन्चर फन्डअन्तर्गत अपर सांगे हाइड्रोपावर, हिडीखोला हाइड्रोपावर, धोवनखोला हाइड्रोपावर, क्लिन सिटी भेहिकल सर्भिस सेन्टर प्रोजेक्ट लगायतका परियोजनाहरु सञ्चालनमा छन्।

यस कम्पनीले पुस ३० गते देखि फागुन ५ गतेसम्म आवेदन दिन मिल्ने गरी ४० प्रतिशत हकप्रद सेयर निस्काशन गरेको छ ।