नेशनल माइक्रोफाइनान्सले सेयरधनिलाई ३८ प्रतिशत बोनस सेयर दिने


काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुववित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनिलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

संस्थाको आज माघ ९ गते, सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८।५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

संस्थाले हालै मात्र महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरेको हुँदा लाभांशमा कर छुट हुने भएकोले कर प्रयोजनको लागि रकम छुट्याएको छैन ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।