मंगलबार सामान्य अंकले बढ्यो नेप्से


काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक ८.१४ अंकले बढेर २१७३.२४ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक २.५३ अंकले बढेर ४१५.५४ अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमूहमध्ये ४ ओटा उपसमूह घटेको छ भने ९ ओटा उपसमूहमा हरियाली छाएको छ ।

कारोबार रकमको आधारमा बुधबार सबैभन्दा बढि कारोबार नेपाल टेलिकम (एनटिसी)को भएको छ । एनटिसीको १२ करोड ९१ लाख ७ हजार रुपैँया बराबरको कारोबार भएको छ ।

सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् । कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

सबैभन्दा बढि गुमाउनेमा मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड र एनएमबि हाइब्रिड फण्डका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको शेयरमुल्य क्रमश लगानीकर्ता ५.४८ प्रतिशत र ५.२४ प्रतिशतले घटेको छ ।

कुल २४८ कम्पनीको ८३ लाख १८७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३२ लाख ३० हजार रुपैँया बराबर कारोबार भएको नेप्सलेले जनाएको छ ।