नेको इन्स्योरेन्सको साधारणसभाले पारित गर्‍यो लाभांश


काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । आज सम्पन्न भएको कम्पनीको २७औं सभाले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सो सभाले संचालक समितिबाट प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश गरी कुल १५।७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्तापुँजी बृद्धि गर्ने, सेयर संरचना अनुसार संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक चयन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, चालु आव २०७९८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ ३ गते बुकक्लोजको मिति तोकेको थियो । यसर्थ माघ २ गतेसम्म कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।