नेप्से घटेपनि ५ कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट


काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.६८ अंकले घटेर २१६८.५३ अंकमा झरेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ४१०.३१ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज २ वटा उपसमूहको सेयर बढेको छ बाँकी सबै उपसमूहको सेयर घटेको छ । होटेल तथा पर्यटन र लाइफ इन्स्योरेन्स समूह बढेको हो ।

आज नेप्सेमा कारोबार रकमका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ९ करोड ९९ लाख ४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आइतबारनेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स, बाराही हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर, आदर्श लघुवित्त र सुर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ५ वटै संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

यस दिन समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६।०९ प्रतिशतले घटेरको छ ।

कूल २६७ वटा कम्पनीको ८२ लाख ७६ हजार ७ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब एक करोड ७० लाख ६३ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।