सोमबार नेप्सेमा ४१ अंकको गिरावट


काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ४१ अंकले घटेपनि कारोबार रकममा भने गिरावट आएको छैनघ । ओरालो यात्रालाई नै निरन्तरता दिएको छ । बजारमा गिरावट देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४१.०१ अंकले घटेर २१२७.५२ अंकमा झरेको छ । नेप्से १.८९ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ७.३३ अंकले घटेर ४०२.९८ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस दिन २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

आज युनाइटेड इदी मर्दी एण्ड आरबी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ७.१४ प्रतिशतले घटेको हो ।

कूल २५६ वटा कम्पनीको ८८ लाख ३६ हजार ४ सय ८८ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३० करोड २२ लाख एक हजार ८ सय २५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।