मनकामना स्मार्ट लघुवित्तको लाभांश घोषणा


काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.७५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

माघ १६ गते, शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४।७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ ।