माघ २६ गतेदेखि साढे २ अर्बको ऋणपत्र जारी गर्दै स्ट्याण्डर्ड बैंक


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले यहि माघ माघ २६ गते देखि ऋणपत्र निष्काशन गर्ने भएको छ । कम्पनीले २६ गते बिहीबारदेखि २४ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको हो ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र बिक्री गर्न लागेको छ। जसमध्ये १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी ९ लाख ६० हजार कित्ता सर्वसाधारणका लागि खुल्ला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले कुल ४८ हजार इकाइ पाउनेछन् । बाँकी ९ लाख १२ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

यस ऋणपत्रमा वार्षिक १०.३० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ ।

त्यस्तै कम्पनीले उक्त ऋणपत्र बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । ऋणपत्रमा छिटोमा फागुन १ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।