नेप्सेमा हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । बुधबार नेप्सेमा हिमालयन बैंक लिमिटेडको २५ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो।

हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट भदौ २९ गते, बुधबारसम्म प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो ।
बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको थियो । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ ।