नेप्सेमा दुई म्यूचुअल फण्ड सूचीकृत, भोलिदेखि कारोबारमा आउने


नेपाल स्टक एक्सचेन्ज (नेप्से) द्ई म्यूचुअल फण्ड सूचीकृत भएका छन् । मंगलबार सानिमा ग्रोथ फन्ड र एनआईबिएल ग्रोथ फन्ड गरि दुई म्यूचुअल फण्ड सूचीकृत भएको नेप्सेले जनाएको छ ।

ुनेप्सेमा अनुसार सानिमा क्यापिटलको सानिमा म्युचुअल फन्डअन्तर्गत संचालित सानिमा ग्रोथ फन्डको १० रुपैयाँ अंकित दरका कुल ६ करोड ७२ लाख ५३ हजार २६० इकाइ सूचीकृत भएका छन्।

यसैगरी एनआइबीएल क्यापिटलको एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फन्डका १० रुपैयाँ अंकित दरका कुल १३ करोड २० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ। यो योजना हुनेछ।

यी दुवै योजनालाई नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ भने कारोबार संकेत क्रमशः सानिमा ग्रोथ फन्डलाई ‘एसएजीएफ’ र एनआईबिएल ग्रोथ फन्डलाई ‘एनआईबिएलजीएफ’ कारोबार संकेत प्रदान गरेको छ।

नेप्सेमा सूचीकृत भएसँगै अब यी दुवै म्युचुअल फन्ड भोलि बुधबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन्।