काठमाडाैँ। याे वर्ष वर्षात् नहुँदा खाद्य सुरक्षामा समेत असर पर्ने देखिएकाे छ । तर, किन भइरहेकाे छैन त वर्षा । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीकाे भनाइ जस्ताेकाे तस्तैः
फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना छैन । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औषत भन्दा कम छ । भूमध्य सागरमा जुन खालको सिस्टम विकास भएर पश्चिमी वायु वहनुपर्ने हो, पश्चिमी वायु जति बहनुपर्ने हो त्यसको फिक्वेन्सी पनि घटेको र यसको बलियो पन पनि आउन सकेको अवस्था छैन ।
पश्चिमी वायु पनि कमजोर हुनु, भूमध्यसागको सिस्टम बन्नुपर्ने हो जसले पश्चिम वायुलाई प्रभावित गर्छ, त्यहाँ पनि कमजोर हुनु र प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा पनि कमजोर हुनु र अहिलेको अवस्थामा लालिना कण्डिशन भन्छ, यो भनेको समुन्द्रको सतहको तापक्रम ५० वर्ष भन्दा यताको अहिले कम छ । ३० वा त्यो भन्दा बढी समयमा कुनै कुरा औषतभन्दा कम भयो भने, औषत वा त्यो भन्दा माथि भयो भने त्यो जलवायु परिवर्तनको कारक हो ।
वाष्पीकरण भएर आउने बाफ नै बनेन जसले वायुमण्डलको हावा कमजोर भयो, पश्चिमी वायु नै बनेन । पानी र हिउँ पार्ने सिस्टम नै भएन । यो सुख्खा खडेरीको अवस्था हो । यसले हिउँदो बाली, पारिस्थितिय प्रणाली, वन सम्पदादेखि सबैमा यसको असर हुन्छ । त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो । यसले ल्याउने असर भनेको होल हाइड्रो लोजिकल सिस्टममा अर्थात पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पति हुने नदीनाला सिस्टम जुन छ,त्यसमा पानीको मात्रा कम हुन्छ । यसले कृषि प्रणालीमा पनि असर गर्छ । कृषि उत्पादन घट्छ । खाद्य सुरक्षामा पनि असर गर्छ ।
समग्रमा यो अहिलेको परिस्थिति लामो समयको औषत भन्दा समुन्द्र सतहको तापक्रम कम हुनु, पश्चिमी वायु कमजोर हुनु, त्यसले गर्दा वाष्पीकरण नहुनु र वर्षा कम भएको अवस्थाले समग्रमा वातवरणमा यसको असर परेको छ । वायु प्रदुषणको अवस्था बढ्दो छ ।
कृषि प्रणालीमा कमजोर भयो भनेपछि भोकमरीको समस्या, हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको थियो तर काठमाडौंतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भयो भने त्यसले खाद्यान्न उत्पादन कम भयो, खाद्य सुरक्षाका लागि राज्यले जोहो गर्नुपर्ने पक्ष के हो भने नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा शतर्कता अपनाउन आवश्यक छ । सिंचाई प्रणालीमा सुधार गर्नुपर्ने अवस्था छ ।
प्रतिक्रिया दिनुहोस्