टाटा जेनभोल्टज जेनेरेटरमा उपभोक्ताको आकर्षण बढ्यो


काठमाडौँ । टाटा मोटर्सको जेनभोल्टज जेनेरेटर उपभोक्ताहरुको रोजाइमा पर्न सफल भएको कम्पनीले बताएको छ ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल भएको कम्पनीको दाबी रहेको छ ।

कम्पनीका अनुसार विभिन्न प्रयोजनका लागि अत्यन्त उपयुक्त यो जेनेरेटर उच्च रुपमा टिकाउ र भरपर्दो हुनुको साथै कम खर्चिलो रहेको कम्पनीको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरको बिकाश तथा अनुसन्धान केन्द्रमा (आरएनडी सेन्टरमा) डिजाइन, परीक्षण र निर्माण गरिएको यो उत्पादनमा टाटा मोटर्सको डिजेल इन्जिन जडान गरिएको कम्पनीले जनाएको छ ।

सीपीसीबी २ सम्बन्धी उत्सर्जन मापदण्ड अन्तर्गत तयार गरिएको टाटा जेनभोल्टजले इन्धनको कमखपत गरी उत्कृष्ट कार्यक्षमता देखाउने कम्पनीले जनाएको छ ।

सिप्रदी ट्रेडिङका ब्याट्री डिभिजनका प्रमुख सुरेशकुमार तिवारी टाटाको जेनभोल्टजले नेपालको सामाजिक तथा आर्थिक रुपान्तरणतर्फ केन्द्रित प्रयासमा एक नँया उर्जा प्रदान गरिरहेको बताउँछन् ।

”हामी पूर्ण विश्वस्त छौ । यो नेपालको पूर्वाधार एवं औद्योगिक विकासका लागि आवश्यक पावर ब्याकअप सुनिश्चित गर्ने सबैभन्दा विश्वासिलो ब्रान्ड बन्न सफल भइरहेको छ” उनले भने ।

निर्माण एवं पूर्वाधार कम्पनी, होटल, साना तथा मझौला उद्योग र विद्यालयहरुलाई उपयुक्त यो उत्पादन २५ किलो भोल्टदेखि १२५ किलो भोल्ट क्षमतामा म्यानुअल र स्वचालित दुबै किसिममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।