६ महिनामा विकास खर्च १४ प्रतिशत


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा विकास खर्च १४ प्रतिशतमात्र गरेको छ । सरकारले आर्थिक वर्ष २०७९ ८० को बजेटको अर्धवार्षिक मूल्याङ्कन गर्दै ५३ अर्ब ४५ करोड ५२ लाख रुपैँया (१४.०५ प्रतिशत) विकास खर्च गरेको उल्लेख गरेको छ ।

सरकारले चालू आर्थिक वर्षको १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख कुल बजेट विनियोजनमध्ये २०७९ पुषमसान्तसम्म ५ खर्ब ७६ अर्ब ३४ करोड ७८ लाख रुपैँया खर्च गरेको हो । यो कुल विनियोजनको ३२.१३ प्रतिशत खर्च हो ।

सरकारले चालू आर्थिक वर्षको ६ महिनामा चालू खर्चतर्फ ४ खर्ब ५५ अर्ब १२ करोड ७२ लाख (३८.४६ प्रतिशत), वित्तीय व्यवस्थातर्फ ६७ अर्ब ७६ करोड ५४ लाख (२९.४४ प्रतिशत) सरकारले खर्च गरेको छ ।