स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दिएको राजीनामा स्वीकृत


काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा.सेनेन्द्रराज उप्रेतीले दिएको राजीनामा स्वीकृत भएको छ ।

उप्रेतीले गतहप्ता राजीनामा दिएका थिए ।

उप्रेतीले दिएको राजीनामा हिजो बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको राजीनामा स्वीकृत गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको सचिवालयले जनाएको छ । उप्रेतीको राजीनामासँगै बोर्ड अध्यक्ष खाली भएको छ ।

पूर्व स्वास्थ्य सचिव समेत रहेका उप्रेतीलाई सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।