एमएडब्ल्यु ग्रुपले सेरेस समूहका अत्याधुनिक ईभी नेपाल ल्याउने सम्झौता


काठमाडौँ । एमएडब्ल्यू समूह र चीनको विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समूहबीच सम्झौता भएको छ । सम्झौतासँगै यी दुई कम्पनीले सेरेसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारी घोषणा गरेका छन् ।

२०२३ को तेस्रो त्रैमासिकदेखि सेरेसले एमएडब्ल्यूको डिलरसीपहरूको विस्तृत नेटवर्क मार्फत नेपालमा ईभी एसयूभी, ईभी सेडान्स र ईभी मिनी ईभी सार्वजनिक गर्नेछ ।

सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक ईभी नेपालमा ल्याउन पाउँदा आफूहरु हर्षित भएको एमएडब्ल्यू समूहका अध्यक्ष बिष्णुकुमार अग्रवालले बताए ।

आफ्ना ग्राहकहरूलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादनहरू प्रदान गर्न समर्पित रहेको भन्दै उनले सेरेस ईभी यस मिसनका लागि उपयुक्त हुने विश्वास व्यक्त गरेका थिए । यो साझेदारीले नेपाली अटो बजारमा एमएडब्ल्यूलाई अझ बलियो बनाउन मद्दत गर्ने उनले बताए ।

सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेसनका उपमहाप्रबन्धक झाउ लिगाङले एमएडब्ल्यू समूहसँग साझेदारीमा सेरेसका उत्पादनहरु नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए।