वालेटमा किन होल्ड हुन्छ पैसा ?


प्रज्वल आचार्य

पछिल्लो समय वालेट अथवा क्यूआरबाट पठाएको पैसा होल्ड भएर बस्ने समस्या बढ्दै गएको छ । कुनैपनि वालेटबाट बैकमा क्यूआरबाट वा सिधै पठाउँदा त्यसमा दुईवटा कुरामा निर्भर हुन्छ । एउटा वालेट बैंकसँग जोडिएको छ कि छैन भन्ने हो ।

वालेटहरु भुक्तानी सेवा प्रणाली (पीएसओ)बाट जोडिएका हुन्छन् । कुनैले फरक कम्पनी दर्ता गरेर भए पनि भुक्तानी सेवा प्रणाली र भुक्तानी सेवा प्रदायक (पीएसपी) को काम गरिरहेका छन् । पीएसपीले पीएसओबाट काम गर्ने हो । पीएसपीलाई र बैंकलाई जोड्ने काम पीएसओले गरिरहेको छ ।

यसरी तीन छुट्टै विशेषता भएका कम्पनी एक अर्कामा निर्भर हुन्छन्, तीनमध्ये कुनै एउटामा समस्या आए पनि पैसा होल्ड हुनसक्छ । अथवा, पैसा होल्ड हुनको लागि वालेटमा पनि समस्या आउनसक्छ ।

पैसा पठाउने समयमा नेटवर्कमा समस्या आउँदा पनि समस्या देखिन सक्छ । त्यसले पहिला पीएसोलाई प्रहार गर्छ । पीएसओमा प्रहार हुँदा एक तहको कुरा आउँछ जहाँ नेर्टवकको समस्या आउन सक्छ । कहिलेकाहीँ बैंकको साइटमा समस्या पनि आउन सक्छ ।

डिजिटल बैंकको साइटमा आउने समस्याले गर्दा एपीआईले प्रतिक्रिया पाउन सक्दैँन र त्यहाँ रोकिएर बस्न सक्छ । यसरी रोकिएपछि यी तहहरू कुनमा समस्या भएकाे, कहाँ रोकिएको भन्ने कुरा जानकार हुनको लागि केही समय लाग्न सक्छ ।

समस्या वालेटमा हो कि बैंकको साइटमा अथवा पीएसओमा हो भनेर थाहा पाउनु पर्‍यो । थाहा भएपछि केही कुरा प्रमाणित भएको हुनुपर्छ ।

हामीले विशेषगरि वालेटका प्रयोगकर्ताहरूलाई तपाईको बैंकमा पुगेको छैन भने बैंकको स्टेटमेन्ट पाउन भन्छौँ । त्यो हेरेपछि हामीले पीएसओलाई पठाउँछौँ । पीएसओले त्यसलाई प्रमाणित गर्छ । पीएसओले बैंकमा हेर्छ ।

पैसा आएको छैन भने नेटवर्कको समस्या रहेछ भने वालेटले हेर्छ र बैंकमा जान्छ । यदि प्रयोगकर्तालाई हतार छ भने उता रोकिएको कटाएर सिधै वालेटमा फिर्ता गछौँ । यो धेरै तह भएकाले कुन तहमा कुन बेला समस्या आउँछ भन्ने थाहा हुँदैन ।

हामीले एटीएमको केशमा पनि हेर्न सक्छौं । कहिले काहीँ एटीएमबाट पैसा निकाल्ने बेलामा खाताबाट पैसा काटेको हुन्छ तर पैसा आउँदैन ।

त्यसमा पनि तपाईले जानकारी दिएपछि बैंंकहरूले हेर्ने हो । बैंकले पनि त्यही अनुसार पैसा फिर्ता गर्नको लागि समय लगाउँछ । बैंकको पनि १५ दिनमा फिर्ता गर्ने नियम छ ।

वालेटको हकमा भने २४ घण्टामा फिर्ता हुनुपर्छ भन्ने व्यवस्था छ । पैसा रोकिएको छ भने बैंकमा जान्छ नभए वालेटमा फिर्ता हुन्छ । कति कुरा हामीले हेर्छौँ, हाम्रो प्रणालीले हेर्छ । कहिले प्रतिक्रिया नआएसम्म प्रणालीले पनि केही गर्न सक्दैन । त्यसकारण हामीेले २४ घन्टाको समयसीमा राखेका छौँ ।

अहिले बैंकहरू मर्जरमा गएकोले पनि समस्या देखिएको छ । हामीसँग पनि बैंकहरूको बारेमा पूर्ण जानकारी हुँदैन । पैसा गएको छ कि छैन भनेर सबै ग्राहकहरू जानकार हुन्छन् भन्ने छैन । प्रमाणित नगरि हामीले पनि केही गर्न मिल्दैन । यसमा भने केही समय लाग्न सक्छ ।

पछिल्लो समय यसमा धेरै समस्या हुनुको मुख्य कारण बैंक मर्जरमा जानु हो । दुई वटा बैंकका खाता एकैठाउँमा भए । हामीले ग्राहकलाई स्टेटमेन्ट पठाउनको लागि भन्छौं ।

हामीले ग्राहकहरूलाई सरल तरिकाबाट सेवा दिन्छौं । त्यो भएन भने सेवाग्राहीहरु बैंकमा जानुपर्छ । बैंकलाई पनि प्रमाणित गर्न केही समय लाग्छ त्यसकारण पैसा फिर्ता हुन समय लाग्ने हो ।

गलत खातामा पैसा जाने भनेको प्रयोगकर्ताले आफैँले हेर्नुपर्छ । त्यो वालेटको समस्याभन्दा पनि ग्राहकले गरेको लापरबाहीका कारण हो । प्रमाणित गर्दा राख्ने खाता नम्बर, अथवा मोबाइल नम्बर पहिला आफूले प्रमाणित गर्नुपर्छ । सम्बन्धित खाता हो कि होइन भनेर हामीले के साध्छौं पनि ।

वालेटको हाम्रो तर्फको समस्या भन्दा पनि ग्राहकले अलिकति कुनै निश्चित समयमा लापरवाहीले गर्दा हुने हो । सेवाग्राहीले पनि हेर्नुपर्यो । मैले एउटा नम्बर राख्ने वित्तिकै पैसा गइहाल्ने होइन । तपाईँले पठाउन खोजेको मान्छेको नाम, खाता नम्बर र रकम ठिक छ भनेर सोध्छौं ।

ठिक छ भने प्रक्रिया अगाडि बढ्ने हो । ग्राहकले ठिक छ भनेर प्रमाणित गरेपछि मैले गरेको कुरा ठिक छ भनेर त्यस्तो अवस्थामा हामीले सामान्य गर्ने भनेको बैंकसँग अनुरोध गर्ने हो ।

बैंकको पनि प्रोटोकल कस्तो हुन्छ भने एक जनाको खातामा अन्यन्त्रबाट पैसा आयो, त्यो खाताको पैसा फिर्ता गर्नको लागि सम्बन्धित खातावालाको पनि सहमति हुनुपर्छ । ग्राहकको सहमति नभएसम्म केही पनि छुन पाइँदैन । चाहे त्यो वालेट होस् कि बैँक होस् ।

(पेवेलका सहायक प्रमुख कार्यकारी अधिकृत आचार्यसँग कुराकानीमा आधारित)