ल्होत्से मलबाट मोबाइल लुटेका प्रर्दशनकारी मध्ये ४ जना पक्राउ


काठमाडौं । गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलको दुइटा पसलबाट लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ल्होत्से मल तोडफोड गरेर मोवाईल लुटेका प्रर्दशनकारी मध्ये ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मलबाट प्रदर्शनकारीले ८ करोड रुपैयाँ बराबरको मोबाइल लुटेको नेपाल मोबाइल व्यवसायी संघ र संचालकहरुले दावी गरेका छन् ।

यातायात मजदुरको प्रदर्शनको क्रममा नयाँ बसपार्कस्थित ल्होत्से मलमा एउटै व्यक्तिको नाममा रहेका दुइटा पसलभित्र छिरेर मोबाइललगायत इलेक्ट्रिक सामान लुटपाट भएको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको थियो ।

अँध्यारो भएपछि प्रदर्शनकारीको हुल मलभित्र छिरेको थियो । नयाँ बसपार्कमा यातायात मजदुरले विरोधअन्तर्गत सभा गर्न लाग्दा नयाँ बसपार्कका ठेकेदार दीपक कुँवरको समूहले अवरोध गरेपछि झडप भएको थियो ।