‘नेपालमा विस्तारै संकट देखिँदै जान सक्छ’


काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले नेपालमा फेरी पनि विस्तारै संकट देखिँदै जान सक्ने बताएका छन् । विश्व बजारमा तेलको मूल्य, युद्ध र ब्याजदर बढ्दै गएकोले नेपालमा पनि संकट देखिने बताएका हुन् ।

उनले भने,“विश्व बजारमा तेलको मूल्य र ब्याजदर विस्तारै बढ्दै गइरहेको छ । ब्याजदर बाहिर पनि बढ्दै गइरहेको छ । डलरको भाउ पनि विस्तारै बढ्दै गइरहेको कारण नेपाल पनि यसबाट अछुतो नरहन सक्दैन ।”

देशको अथर्तन्त्र सुधार भइनसकेकाे अवस्थामा रेमिट्यान्सको कारणले मात्रै अर्थतन्त्र सकारात्मक अवस्था देखिएको केसीले बताए ।

‘ब्याजदर अहिले घटिहाल्ने स्थितीमा छैन।’ केसीले भने ‘खराब कर्जाका कारण बैंकिङ क्षेत्र दबाबमा रहेकोले व्याजदर विस्तारै घट्दै जान्छ ।’

त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले रिर्टन अन इक्विटी घट्दै गएको बताए । उनले भने,“बैंकहरुले धेरै नाफा कमाउने भन्ने गरेको तर बैंकहरुको रिर्टन अन इक्विटी र रिर्टन अन इन्भेष्टमेन्ट हेर्ने हो भने बैंकहरुको कमाइ खासै देखिँदैन ।”

उनले कोभिडको समयको समस्या अहिले देखिएको बताए । उनले सरकारले खर्च गर्न नसकेको र त्यसमा पनि विकास खर्च गर्न सकेन भने त्यसले निक्षेपमा असर गर्ने उनले उल्लेख गरे ।