काठमाडौँ । कामना सेवा विकास बैंकले विद्युतीय सवारी साधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहाने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग सम्झौता गरेको छ ।
यस सम्झौतामा बैंकका तर्फबाट का।मु। कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङको तर्फबाट महाप्रबन्धक शास्वत जंग सिजापतीले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात सिप्रदी ट्रेडिङ्गबाट टाटा ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामनाबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्