सिभिल बैंकको कारोबार फागुन १४ गतेदेखि १५ दिन रोक्का रहने


काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । यहि फागुन १४ गतेदेखि १५ कार्य दिनको लागि सेयर कारोबार गरिदिन बैंकले पत्र पठाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सिभिललाई हिमालयन बैंकले एक्वायर गरेपछि फागुन १२ गतेदेखि ‘हिमालयन बैंक लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुँदैछ । तसर्थ, सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि फागुन १४ गतेदेखि चैत २ गतेसम्म सेयर कारोबार रोक्का गरिदिन सिभिलले आग्रह गरेको हो ।

यता, फागुन १२ गतेदेखि एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न हिमालयन बैंकको फागुन ८ गतेको सन्ध्याकालिन काउन्टर सेवा र १० र ११ गते सबै सेवाहरु अवरुद्ध हुनेछन् । यस्तै, सिभिल बैंकको भने फागुन ८ गतेदेखि ११ गतेसम्म सबै सेवाहरु अवरुद्ध हुनेछन् । हिमालयनले सिभिललाई १००ः८०।२८ अनुपातमा प्राप्ति गरेको हो ।