नेपालको दियालो र भारतको जनजलबीच सम्झौता, खानेपानी क्षेत्रका चुनौती समाधान गरिने


काठमाडाैँ । खानेपानी क्षेत्रलाई प्रविधि मार्फत डिजिटलाइज गर्दै आएका नेपालको दियालो टेक्नोलोजिज र भारतको जनजल कम्पनीबीच सम्झाौता भएको छ ।

सम्झौतासँगै प्रविधिको आदान प्रदान मार्फत नेपाल र भारतका खानेपानी क्षेत्रमा रहेका चुनौतीहरूलाई समाधान गर्न रणनीतिक र व्यवसायिक सहकार्य गर्ने सहमति भएको छ ।

सम्झौता पत्रमा दियालोको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र जनजलका तर्फबाट प्रबन्ध निर्देशक डा. पराग अग्रवालले हस्ताक्षर गरे ।

सम्झौतापछि जनजनलले दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई पूर्ण अटोमेशनमा लैजान निर्माण गरेको स्मार्ट वाटर म्यानेजमेन्ट सिस्टम तथा सम्पति व्यवस्थापन प्रणालीलाई भारतीय बजारमा विस्तार गर्न सहयोग गर्ने र दियालोले जनजलको वाटर एटिएम सिस्टमलाई नेपाली बजारमा विस्तार गर्न सहयोग पुर्‍याउने कम्पनीले जनाएको छ ।

दुई कम्पनीबिच निर्माण भएका प्रविधि आदान प्रदान गरी खानेपानी प्रणालीलाई थप अटोमेशनमा लैजाने सहमति पनि भएको छ ।

नेपाल तथा भाारतमा विभिन्न किसिमका प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आआफ्ना अनुभव साटासाट गर्ने र उपभोक्ताका घरमा पुग्ने खानेपानीलाई गुणस्तरीय बनाउन प्रविधिमा सहकार्य गर्ने पनि सहमति भएको कम्पनीले जनाएको छ ।

नेपालमा दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरूको विकास गरेको छ ।

हालसम्म नेपालमा करिब ७ सयवटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले भारतमा समेत आफ्नो बजार विस्तार गर्न लागेको हो ।

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ ।

जनाजल प्रविधि मार्फत खानेपानी सेवा प्रदान अग्रणी कम्पनी हो ।

कम्पनीले भारतभर ८ सय भन्दा बढि वाटर एटिएम, वाटर ट्रिटमेन्ट प्लान्टहरू सञ्चालन गर्दछ । जसलाई आफ्नो स्वामित्वको आइओटी प्लेटफर्म मार्फत निगरानी गरिन्छ ।

कम्पनीको जनजल वाह (वाटर अन ह्लील) नामक नवितम प्रविधिलाई भारत सरकारले शहरी र ग्रामिण क्षेत्रमा जनताको सुरक्षित् पानीमा पहुँच बढाउन प्यान इण्डिया कार्यान्वयनको लागि छनोट गरेको छ ।

जनजलले भारतभर विकेन्द्रीकृत पानी प्रशोधन प्लान्टहरू स्थापना, सञ्चालन र मर्मत संभार गर्न र थप घरघरमा सुरक्षित पानीको डेलिभरी गर्ने कार्य गर्दछ ।

जनलले नेपालमा पनि विकेन्द्रीकृत वाटर एटीएम र वाटर अन ह्ीलको सञ्चालन कार्य विस्तार गरेसँगै वाटर एटिएमबाट पाइने सुविधाका साथै रोजगारी सिर्जना गर्न, मानिसलाई सामाजिक उद्यमशीलताका अवशरहरु प्रदान गर्नेछ ।