हाइटेक बैंकिङ ‘एन बैंक’


नबिल बैंकले डिजिटल बैंकको सुरुवात गरेको छ । नबिलले नेपालमा पहिलो पटक एन बैंक (नियो बैंक) सञ्चालमा ल्याएको हो । नबिल सुरुवात गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको छ । यस बैंकले मोबाइल बैंकिङ एपलाई पूर्णरूपमा परिमार्जन गरीे एन बैंकको सुरुवात गरेको हो । 

नबिल बैंकले एन बैंकलाई एक छुट्टै भर्चुअल शाखाको रूपमा स्थापना गरेको जनाएको छ । अब नबिल बैंकमा ग्राहकहरूले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एन बैंकको उपयोगमार्फत् खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् । 

के हो एन बैंक, कसरी उपयोग गर्ने ?

एन बैंक (नियो बैंक) – मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर नेपालमा पहिलो पटक नबिल बैंकले सुरु गरेको डिजिटल बैंक हो । यस पहिले नै नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगोे ‘ए’ बाट एन बैंकको ‘एन’ मा परिणत हुन्छ । यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको छ । 

नबिल बैंकमा खाता नभएकाले पनि अब आफ्नो मोबाइलमा रहेको एन बैंक एपबाट बैंक खाता खोल्न सक्नेछन् । एन बैंकमार्फत् खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकको दाबी छ । एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सक्नेछन् । 

नबिल बैंकको एन बैंकमा खाता खोलेर आफ्नो ग्राहक पहिचान (केवासी) भर्दा कस्तो नगद बचत गर्ने र कहाँबाट आउने भनेर प्रष्टरूपमा खुलाउनुपर्ने छ । त्यसको लागि एन बैंकले विकल्प दिन्छ । त्यस विकल्प छनोट गर्दा विशेष ध्यान दिनुपर्छ । बैंकलाई त्यसको बारेमा विश्वास नलागेमा त्यस स्थानको विकल्प छनोट नमिलेको भएर अर्को विकल्प छनोटको लागि आग्रह गर्दछ । 

केवाईसी भेरिफाइड भएपछि तपाईलाई मेल आउँछ । खाता फ्रिज हुने भएकोले बैंकले भिडियो कल गरेर त्यसलाई पूर्णरूपमा सञ्चालन गर्न सकिनेछ । त्यसको लागि साथमा नागरिकताको सक्कली प्रति अथवा राहदानी, सादा खाली कागज/स्ट्याम्प प्याड र कालो कलम, उज्यालो र स्पष्ट पृष्ठभूमि, स्पिकर र क्यामेराको काम गर्ने स्मार्टफोन वा ल्यापटप र गुगल क्रोम तथा म्याकको लागि सफारी सहित स्थिर नेटवर्क सहित जडान हुनुपर्ने छ । 

अथवा जुन शाखामा खाता खोलेको हो त्यसमा गएर पनि सुचारु गर्न सकिने छ । शाखामा जानको लागि तपार्इंलाई पासर्पोट साइजको फोटो र नागरिकताको सक्कली प्रति अथवा राहदानी लिएर जान सकिने छ ।  

 एन बैंकका विशेषताहरू

१. ३० सेकेन्ड मै खाता खोल्न सकिने एन बैंक एपबाट ३० सेकेण्ड भित्रै एनसेभिङ् खाता खोल्न सकिनेछ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्नेछ । खोलिएको खाता ग्राहकहरूले आफ्नो केवाईसी अद्यावधिक गर्नुभन्दा पहिले १५ दिनको लागि सञ्चालन हुनेछ, जुन उनीहरूले आफ्नो एन बैंक एपबाट सिधै गर्न सक्नेछन् ।

डिजिटल ऋण

ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिधै ऋणको लागि डिजिटल आवेदन दिन सक्छन् । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिनेछ । 

ग्राहकले आफ्नो ६ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोनलोन प्राप्त गर्न सक्छन् । बैंकको एल्गोरिदमले उपयुक्त क्रेडिट सीमा निर्धारण गर्दछ र योग्य ग्राहकहरूले ऋणको लागि दर्ता गर्न सक्छन् र ग्राहकको एन बैंक एपबाट सिधै तोकिएको सीमासम्म आवेदन दिन सक्छन् । यसको लागि बैंक धाउनुपर्ने, अन्य कुनै कागजी कार्य गर्नुपर्ने छैन । 

एन रेमिट

नेपालभित्र पैसा पठाउने बाहेक, विदेशमा बस्ने ग्राहकहरूले एनरेमिट छनोट गरेर आफ्नो मास्टरकार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंकको खातामा पैसा पठाउन सकिनेछ । प्रेषक र प्रापक विवरणहरू सहित (युएसडीमा) पठाइने रकम सहितको फारम मात्र भरे पुग्नेछ । प्राप्तकर्ताले केही सेकेन्डमा नबिल बैंक खातामा पैसा सिधै प्राप्त गर्न सक्नेछ ।

अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा

विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्नेछन् । विदेशमा बस्ने ग्राहकहरूले नबिल बैंकबाट एसएमएस अलर्ट, ओटीपी, सूचनाहरू र समाचार र अलर्टहरू पनि प्राप्त गर्नेछन् ।

२४ सै घण्टा सातै दिन सेवा

बैंकले आफ्ना ग्राहकलाई बैंकको कस्टमर केयर सेन्टर र भिडियो केवाइसी मार्फत् २४ सै घण्टा सेवा प्रदान गर्नेछ । एन बैंकको कुनै सेवा प्रयोग गर्दा आउन सक्ने समस्यालाई तुरुन्तै समाधान गर्ने मनसायले यो सुविधा सञ्चालन गरेको छ ।

माथिका बाहेक, ग्राहकले आफ्नो एपबाट सिधै बैंकिङ सेवाहरूको होस्टको लागि आवेदन दिन सक्छन्ः

  • नयाँ डेबिट कार्ड
  • डेबिट कार्ड प्रतिस्थापन
  • क्रेडिट कार्ड
  • व्यक्तिगत ऋण

एपमा यसबाहेक ब्याजदर, विनिमयदर, इएमआई क्यालकुलेटर, नबिल बैंकका शाखाहरू/एटीएमहरू र सम्पर्क गर्न सकिने सेवा रहेका छन् ।