महिन्द्रा केयर फेस्ट २०२३ आयोजना हुँदै


काठमाडौँ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कशले यही फाल्गुन १४ गतेदेखि फाल्गुन १९ गतेसम्म देशव्यापी महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

यस ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज​, फ्रि हेल्थ चेकअप​, लुब्रिकेन्ट्समा १०५ छुट र स्पेयर पार्टसमा ५०५ सम्म छुट तथा एक्सेसरीजमा २५५ सम्म छुटको लाभ लिन सकिने कम्पनीले जनाएकाे छ ।

महिन्द्राका ग्राहकवर्गले नेपालभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा ग​ई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ ।