ट्रेकिङ गाईड तालिम सम्पन्न, पर्यटनमा महिला जनशक्तिको अभावपूर्ति गर्न सहयोग पुग्ने अपेक्षा


काठमाडौं । महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) सँगको सहकार्यमा तालिम भएको थियो।

तालिममा सातै प्रदेशका २५ जिल्लाबाट ११२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

तालिमको समापन पछि आयोजित प्रमाणपत्र तथा टे«किङ गाईड स्रोत पुस्तिकाको विमोचन गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालीमले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

“पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ । त्यसमा पनि महिला सहभागिता झनै कम छ । यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगोहुनाको साथै पर्यटन क्षेत्रमा महिला सहभागिता समेत बढ्ने अपेक्षा हामीले गरेका छौं । साथै यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुनेछ,” उनले भने ।

युएनडीपी नेपालका पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिमले पर्यटन क्षेत्रमा महिला सहभागिता अभिवृद्धि हुने बताइन्। उनलेआगामी दिनमा पनि बोर्ड संगको सहकार्यमा यस्ता तालिम सञ्चालन गर्न सकिने बताइन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिए।

नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाँइले यो तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए ।

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भइरहको जनशीक्त पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशीक्त विकासमा टेवा पुग्ने अपेक्षा गरेको बताए।

देशैभरीबाट सहभागिताको लागि आह्वान् गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि दुई चरण गरि तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए।

कार्यक्रमा टे«किङ गाईड सम्बन्धि स्रोत पुस्तिकाको विमोचन गरिएको थियो । स्रोत पुस्तक टे«किङको क्षेत्रमा काम गर्ने तथा अध्ययन गर्नेहरुका लागि समेत सहयोगी हुने नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का प्रशिक्षक हिमाल पण्डितले जानकारी दिए ।

यसमा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित टे«किङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरू उल्लेख गरिएको जनाइएको छ ।