‘आयातित वस्तुका कारण व्यापार व्यवसायमा असर पर्यो’


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आयातका कारण व्यापार व्यवसायमा असर परेको बताएका छन् ।

शुक्रबारबाट सुरु भएको चार दिने २४ औं फ्लोरा एक्स्पोको उद्धघाटन समाहोरमा बोल्दै ढकालले नेपाल सरकारले नेपालमा उत्पादन हुने वस्तुको आयातलाई प्रथामिकता दिनु भन्दा पनि उत्पादन गर्नको लागि निजि क्षेत्रलाई विभिन्र विषयमा सहयोग गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, “निजि क्षेत्रले पछिल्लो समय निकै समस्या भोग्दै आएको छ । सरकारले निजि क्षेत्रको कुरालाई वेवास्त गर्नुभन्दा पनि उनीहरूले उठाएका मागहरुलाई सम्बोधन गरेर अघि बढ्नु आवश्यक रहेको छ ।’’

ढकालले घरेलु उत्पादनलाई सरकारले उचित बजारको व्यवस्था गर्नुका साथै उत्पादित वस्तुको निर्यातमा सहयोग गर्दा देशको अर्थतन्त्र थप मजबुत हुने बताए ।