दुई प्रस्तावमा हस्ताक्षर गर्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठले सम्हाले कार्यभार


काठमाडौँ । नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री एवं गृहमन्त्रीको कार्यभार सम्हालेका छन् । यसअघि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले गठबन्धनको शक्ति बाडफाँडका क्रममा माओवादीको भागमा परेको उपप्रधानमन्त्री एवं गृहमन्त्रीको कार्यभार सम्हालेका हुन् ।

मन्त्री श्रेष्ठले गृह मन्त्रालयको कार्यभार सम्हाल्ने क्रममा मन्त्रीपरिषद्मा लैजाने दुईवटा प्रस्तावमा हस्ताक्षर गरेका छन्। जसमा सूत्र परिचालन कार्यविधी, ०७८ खारेजी र मिटरव्याजी पीडितको समस्यालाई समाधान गर्न आयोग गठन गर्ने प्रस्ताव रहेका छन् ।

उनले पटक पटक विवादमा आएको सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन सूत्र परिचालन कार्यविधी, ०७८ खारेजीको प्रस्ताव अगाडी बढाएका हुन् । मिटरव्याजी पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।