एशियन लाइफ इन्स्योरेन्सकाे लाभांश घोषणा


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८ ७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशत नगद लाभांश गरी कुल ८.९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्विकृती दिए पश्चात्क कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।