कर्णाली प्रदेशमा लघुवित्तको शाखा उपस्थिति ४ प्रतिशत


काठमाडौं । प्रदेशगतरुपमा लघुवित्तहरुको शाखा उपस्थिती कर्णाली प्रदेशमा कमजोर रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९ ८० को दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवदेन सार्वजनिक गर्दै कुल शाखा संख्यामध्ये कर्णाली प्रदेशमा ४ प्रतिशतमात्र शाखा रहेको राष्ट्र बैंकले जनाएको छ ।

२०७९ पुष मसान्तसम्म लघुवित्त वित्तीय संस्थाहरुको कुल शाखा संख्या ५ हजार ७९ रहेको छ । त्यसमध्ये सबैभन्दा कम कर्णाली प्रदेशमा २३० शाखा र सबैभन्दा बढि लुम्बिनी प्रदेशमा १ हजार १५५ शाखा रहेका छन् । कुल शाखाको २३ प्रतिशत शाखा लुम्बिनी प्रदेशमा रहेका छन् ।

लघुवित्तको कुल शाखामध्ये बागमती प्रदेशमा १५ प्रतिशत, मधेस प्रदेशमा २१ प्रतिशत, कोसी प्रदेशमा १७ प्रतिशत, सुदूर पश्चिममा ९ प्रतिशत र गण्डकी प्रदेशमा ११ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।