लघुवित्तहरुको कृषि क्षेत्रमा करिब ४८ प्रतिशत कर्जा प्रवाह


काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले सबैभन्दा बढि कर्जा कृषि क्षेत्रमा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९ ८० को दोस्रो त्रैमासको लघुवित्त वित्तीय संस्थाहरुको गैर स्थलगत सुपरिवेक्षण प्रतिवदेन सार्वजनिक गर्दै कृषि क्षेत्रमा सबैभन्दा बढि ४७।४२ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुले ४ खर्ब ५१ अर्ब २२ करोड रुपैँया बराबर कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार लघुवित्त वित्तीय संस्थाहरुले कुल कर्जा प्रवाहमध्ये २ खर्ब १३ अर्ब ९६ करोड १५ लाख रुपैँया कृषि क्षेत्रमा कर्जा प्रवाह गरिएको छ ।

सबै भन्दा कम घरेलु तथा लघु उद्योगमा कर्जा प्रवाह गरेका छन् । घरेलु तथा लघु उद्योगमा १२ अर्ब २० करोड ८० लाख रुपैँया कर्जा प्रवाह गरेको छ । यो कुल कर्जा प्रवाहको २।७१ प्रतिशत घरेलु तथा लघु उद्योगमा कर्जा प्रवाह गरेका हुन् ।

सेवा व्यावसायमा १ खर्ब ३० अर्ब ६७ करोड ६५ लाख रुपैँया ९२८।९६ प्रतिशत०, थोक कर्जा अन्र्तगत ५९ अर्ब ७८ करोड रुपैँया ९१३।२५ प्रतिशत० र अन्य क्षेत्रमा ३४ अर्ब ५९ करोड ५४ लाख रुपैँया ९७।६७ प्रतिशत० कर्जा प्रवाह गरिएको राष्ट्र बैंकले जनाएको छ ।