वार्ता तथा संवादमार्फत समस्या समाधान गर्न सिबिफिनको आग्रह


काठमाडौं । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने यस्ता धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोकेर वार्ता तथा संवादमार्पmत समस्या समाधान गर्न बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आग्रह गरेको छ ।

समस्याहरुको समाधानका उपायहरु वार्ता तथा संवादको माध्यमबाट सकिने भन्दै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्यहरु तत्काल रोक्न सिबिफिनले आग्रह गरेको हो ।

सिबिफिनले वार्ता तथा संवादमार्फत समस्या समाधानको लागि तत्काल आवश्यक पहलकदमी लिन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित व्यावसायिक संस्थाहरुलाई आग्रह गरेको छं ।

बैंकिङ जस्तो अत्यावश्यकिय सेवालाई निर्वाधरुपमा संचालन हुने वातावरण सृजना गर्न र आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन समेत नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, सुरक्षा निकायसहित सम्बन्धित सबैमा हार्दिक अपिल सिबिफिनले अपिल गरेको छ ।