नेप्सेको ओरालो यात्रा कायमै, ४ वटा उपसमुहमा छायो हरियाली


काठमाडौं । साताको कारोबारको अन्तिम दिन पनि सेयरबजारको ओरालो यात्रा कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार सेयर मापक सूचक नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ अंकमा झरेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ०.०५ अंकले घटेर ३६४.७८ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये ४ वटा उपसमुहको सेयर बढेको छ भने बाँकी ९ वटा उपसमुहको सेयर घटेको छ ।

बिहीबार नेप्सेमा कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक अग्रस्थानमा रहेको छ । कम्पनीको ४ करोड ९४ लाख ९२ हजार ६ सय १९ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज पनि युनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन लक्ष्मि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.७८ प्रतिशतले घटेको छ ।

कुल २५८ कम्पनीको ३४ लाख २ हजार २ सय ६७ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँको कारोबार भएको छ ।