बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न


काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर ९आईपीओ० को बाँडफाँड आज, चैत्र ३ गते, शुक्रबार सम्पन्न भएको हो ।

उक्त आईपीओको बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेडको रजिष्टर्ड कार्यालयमा गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ५९ हजार ७ सय ८४ जना लगानीकर्ताहरूले कुल १ करोड ५७ लाख ३५ हजार ८ सय १० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १५ सय ६ जनाको आवेदन रद्द भएको छ ।

बाँकी रहेका १४ लाख ५८ हजार २ सय ७८ जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएको थियो । जसमध्ये भाग्यमानी ८ हजार ९५ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् ।

आइपीओमा माग भन्दा धेरै आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ

लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणलाई ८० हजार ९ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।