प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय


काठमाडौँ । नेपाली कांग्रेसले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

आज (आइतबार) बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गरेको हो ।

प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । नेकपा एमाले, राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता र सरकारबाट पनि हटेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।