प्रधानमन्त्रीलाई विश्वासको मत दिने रास्वपाको निर्णय


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारलाई विश्वासको मत दिने भएको छ ।

रास्वपाको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्णय गरेको हो ।

पार्टीले परिस्थितिलाई विश्लेषण गर्दै सरकारलाई समर्थन जारी राख्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए ।
यसअघि पनि रास्वपाले प्रचण्डलाई विश्वासको मत दिएको थियो ।