नेप्से २२अंकले बढ्दा, सबै उपसमुहमा छायो हरियाली


काठमाडौं । केही समयदेखि लगातार घटिरहेको सेयरबजारमा आज भने दोहोरो अंकको सुधार देखिएको छ । कारोबारको दोस्रो दिन सेयरबजार २२ अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक परिसूचक नेप्से परिसूचक २२.६५ अंकले बढेर १९४९.०६ अंकमा पुगेको छ । त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि २.९५ अंकले बढेर ३६६.२१ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपमुहमध्ये सबै उपसमु्हको सेयरमूल्य बढेको छ ।

सोमबार आइएमआई जनरल इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ७ करोड ६३ लाख ९२ हजार ४ सय २२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा यूनिक्यू लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आज सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.३६ प्रतिशतले घटेको छ ।

कुल २५८ कम्पनीको ५२ लाख ५५ हजार ८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार ९ सय ८८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।