नेप्से १५ अंकले घट्यो, नेपाल लाइफको सार्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको चौथो दिन पनि सेयरबजारमा गिरावट कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से परिसूचक १५.७६ अंकले घटेर १९३३.२९ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपमुहमध्ये सबै उपसमु्हहरुको सेयर मूल्य घटेको छ ।

बुधबार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १ करोड १९ लाख ९८ हजार २४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा मया खोला हाइडोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ ।

त्यस्तै आजको दिन बोटलर्स नेपाल तराई का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.६२ प्रतिशतले घटेको छ ।

कुल २६६ कम्पनीको ३७ लाख ७७ हजार ४ सय कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३७ लाख १९ हजार ९ सय २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।